धनगढीको माया मेट्रो अस्पतालमा तीन करोडको लगानीमा सिटिस्क्यान सेवा सुरु

धनगढी : धनगढीमा रहेको माया मेट्रो अस्पतालले सिटिस्क्यान सेवा सुरु गरेको छ। मंगलवार एक कार्यक्रमका बिच संघिय सरकारका उधोग,बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले उद्धघाटन गरेका हुन ।
झण्डै ३ करोडको लगानीमा सिटिस्क्यान मेसिन ल्याएको माया मेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए । सिटिस्क्यानको लागि प्रदेश बाहिर जानु पर्ने बाध्यता हटाउनको लागी यो सेवा सुरु गरिएको उनले बताए ।
२० फागुन २०७६, मंगलवार ०७:५० बजे प्रकाशित