भारत भागेका सिद्धबाबाले गरे अदालतमा आत्मसमर्पण

काठमाडौं : एक महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा (कृष्णबहादुर गिरी)ले अदालत समक्ष आत्मसमर्पण गरेका छन् ।
बाबालाई उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । उनी आदेश दिएकै दिन फैसला आफ्नो पक्षमा नआउने भएपछि सुटुक्क भारत भागेका थिए ।

जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि उक्त मुद्दा उच्च अदालत पुगेको थियो । उच्च अदालत विराटनगरले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।


२० फागुन २०७६, मंगलवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु