punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थरुहट-थारुवान बन्दले जनजीवन प्रभावित

Chaupati
safha napa

धनगढी : थरुहट-थारुवान राष्ट्रिय मोर्चाले आह्वान गरेको बन्दका कारण कैलाली र कञ्चनपुरको जनजीवन प्रभावित भएको छ ।बन्दले धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् ।बन्दका कारण सुदुरपश्चिमबाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संस्थाहरु समेत बन्द छन ।

सुन्दर सुदुरपश्चिम यातायात प्राली धनगढीका अध्यक्ष पदमराज सापकोटाले प्रालिबाट कुनै पनि बसहरु आज नछोडिएको बताए ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठका अनुसार प्रहरीले स्कटिङ गरेर गाडी सञ्चालनमा ल्याएको भएपनी लामोदुरिका सवारीसाधन भने नचलेको उनले जानकारी दिए ।

बजारहरु सामन्री रुपमा खुलेको तथा मोटरसाइकल र अटोरिक्साहरु भने निर्वाधरुपमा चलिरहेका छन ।यातायातका साधन नचल्दा भारत लगायत विभिन्न ठाउँबाट आएका यात्रु धनगढी बसपार्कमा अलपत्र परेका छन ।बन्दको पूर्व सन्ध्यामा मोर्चाले गरेको मसाल जुलुशबाट प्रहरीले कञ्चनपुरबाट १ जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार साँझ प्रदर्शनको क्रममा सञ्जय रानालाई प्रहरीले नियन्त्रणमा लिएको मोर्चाका कैलाली संयोजन माधव थारुले जानकारी दिए ।मोर्चाले सरकारसँग १४ बुँदे माग राख्दै सरकारलाई दबाब दिन फागुन २० र २१ गते आमहड्तालको घोषणा गरेको हो ।


२० फागुन २०७६, मंगलवार ०८:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु