punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

को हुन नेकपा अध्यक्ष दाहाललाई जुत्ता प्रहार गर्ने

Chaupati
safha napa

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता प्रहार गर्ने युवक जुम्लाका रतन तिरुवा रहेको खुलेको छ।

महानगरीय प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीले जुम्लाको सिँजा गाउँपालिका–२ घर भएका २२ वर्षीय तिरुवाले दाहालमाथि जुत्ता प्रहार गरेको बताए।

तर, तिरुवाले प्रहार गरेको जुत्ता दाहाललाई लागेको थिएन। उनी नेकपा समर्थित कार्यकर्ता रहेको खुल्नमा आएको छ”, एसएसपी सुवेदीले भने, “थप अनुसन्धान गरिरहेका छौं।”

नेकपा अध्यक्ष दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार गरे लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई महानगरीय प्रहरी वृत सिंहदरबारमा राखिएको छ।आज भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधनपछि आफ्नो सिटमा फर्कने क्रममा तिरुवाले जुत्ता प्रहार गरेका थिए।

काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार भएको हो।

८ वर्षअघि दाहाललाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा पूर्वलडाकु पदम कुँवर माला लगाउने क्रममा थप्पड हानेका थिए।


१८ फागुन २०७६, आइतवार १६:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु