अवैध सालको गोलिया सहित १ जना पक्राउ
कैलाली:
घोडाघोडी नगरपालिका – ११ जहलपुरमा अवैध सालको गोलिया सहित १ जना पक्राउ परेका छन । जहलपुरमा १५६.२५ क्युफिट सालको काठ र गोलिया सहित १ जनालाई पक्राउ गरिएको हो ।
७० थान कडी र ७ थान सालको गोलिया चिरान गरिरहेको अवस्थामा बरामद गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए ।
घोडाघोडी नगरपालिका ११ का २५ वर्षीय शिवनारायण कठरियालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का संलग्न सोही वडाका अन्दाजी २६ वर्षीय विजय कठरिया फरार रहेको र खोजीकार्य भइरहेको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बरामद गरिएको काठ र गोलिया सवडिभिजन वन कार्यालय सुखडमा बुझाइएको बताए ।
१८ फागुन २०७६, आइतवार ०९:४९ बजे प्रकाशित