punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप : नवोबुद्ध र नवदुर्गा युवा क्लब विजयी

Chaupati
safha napa

धनगढी : झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अन्तर्गत सोमवार भएका दुई खेलमा नवोबृद्ध युवा क्लब र नवदुर्गा युवा क्लब विजयी भएका छन्।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको पाचौं संस्करणको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ अन्तर्गत सोमवार खेल सकिएसँगै क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

मंगलवारदेखि क्वाटरफाईनलका खेलहरु सुरु हुने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो ।

सोमवारको पहिलो खेलमा नवोवुद्ध युवा क्लबले सुदुरपश्चिम फुटबल एकेडेमीलाई ३–० ले हरायो । नवोवृद्धका लागि खेलको १९ औं मिनेटमा तिर्थ चौधरी ३३ औं मिनेटमा रमेश तामाङ र ५४ औं मिनेटमा नवीन चौधरीले गोल गरे । सोमवारको दोस्रो खेलमा नवदुर्गा युवा क्लबले गौरीगंगा–११ लाई ४–० को अन्तरले हरायो । नवदुर्गाका लागि खेलको ७ औं मिनेटमा चक्र क्षेत्री १७ औं मिनेटमा शंकर राई १९ औं मिनेटमा नरेन्द्र साव र २५ औं मिनेटमा पुरन भण्डारीले एक एक गोल गरे ।

प्रतियोगिता अन्तर्गत मंगलवार क्वाटरफाईनलका दुई खेल हुनेछन् । पहिलो क्वाटरफाईनलमा स्टार सिटी क्लब र कैलारी युथ युनाईटेड तथा दोस्रो क्वाटरफाईनलमा पिएफए अत्तरिया र नवोवुद्ध युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।

फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।


२० माघ २०७६, सोमवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु