#belauri nagarpalika
#belauri

दोधारा-चाँदनीमा सुक्खा बन्दरगाहको माग गर्दै उद्योगमन्त्रीलाई ज्ञापन

#belauri
#bhimdat

कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले दोधारा-चाँदनीमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाहलाई अगाडि बढाउन माग गरेको छ।संघले उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएर सो माग गरेको हो।

संघका जंगबहादुर मल्लको नेतृत्वमा काठमाडौँ पुगेर मन्त्री भट्ट समक्ष दोधारा चाँदनीमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह स्थापनाका लागि अग्रसरता देखाउन आग्रह गरेको हो।

वाणिज्य संघका पदाधिकारीसहित उक्त टोलीलाई मन्त्री भट्टले केही दिनभित्रै सुक्खा बन्दरगाह र कञ्चनपुरको बेदकोटमा स्थापना हुने र दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको संघका अध्यक्ष मल्लको बताए।


२१ माघ २०७६, मंगलवार ०२:३४ बजे प्रकाशित

#belauri nagarpalika
dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु