punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नौ लाख धरैटीमा छुटे १६ जुवाडे

Chaupati
safha napa

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले २२ लाख ८२ हजार नगद सहित पक्राउ गरेका १६ जना जुवाडे धरैटीमा छुटेका छन ।

सोमबार धनगढी उप महानगरपालिका ३ मा बस्ने तिलक अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रक्राउ परेका १६ जनालाई जिल्ला प्रशासन कार्यालय कैलालीले छोडेको हो । पक्राउ परेका १६ जनाबाट ९ लाख ३० हजार धरौटी लिएर छोडिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा ईश्वरदत्त जोशीका अनुसार पहिलो पटक पक्राउ परेका जुवाडेलाई प्रतिव्यक्ति ३० हजार धरौटीमा छोडिएकोमा दुई वा सो भन्दा बढि पटक पक्राउ परेका जुवाडेलाई एक लाख २० हजार धरौटीमा छोडिएको जनाएको छ ।

दुई वा दुई भन्दा बढी पटक पक्राउ पर्नेमा गोदावरी नगरपालिका वडा नम्वर १० का रबिन्द्र शाही सहित पाँच जना रहेका छन । भने बाकी ११ जना पहिलो पटक पक्राउ परेका हुन ।


२० माघ २०७६, सोमवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु