सुपका सबै जिल्लामा फागुनभित्र स्वास्थ्य बीमा कार्यक्रममा सञ्चालन हुने

धनगढी : सरकारले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रममा गर्ने भएको छ । आउदो फागुनको पहिलो साताबाट सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामाबाट स्वास्थ्य बिमा कार्यक्रम गर्ने स्वास्थ्य बिमा बोर्ड काठमाण्डौले सोमवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।

२०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र डोटी बाहेक अरु जिल्लामा यो कार्यक्रम सञ्चालन भईरहेको छ । नेपालको जनगणना २०६८ अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कैलालीमा सबैभन्दा बढी १ लाख ३९ हजार ८ सय २० जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बिमा बोर्ड सुदुर पश्चिम प्रदेश कार्यलयले जानकारी दिएको छ ।

कार्यलयका अनुसार सबैभन्दा कम दार्चुलामा ६ हजार जनाले स्वास्थ्य बीमा गराएका छन । त्यस्तै बझाङमा ३० हजार ४ सय ५० ,बाजुरामा २६ हजार ६ सय ५० , अछाममा २७ हजार , बैतडीमा १३ हजार र कन्चनपुरमा १० हजार ७९ सय जनाले स्वास्थ्य बीमा गराएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य बीमा कार्यक्रम संयोजक जनक बहादुर साउँदले बताउनुभयो ।

प्रदेशको सामाजिक बिकास मन्त्रालय र प्रदेश बीमा बोर्ड बीच यस प्रदेशमा कार्यरत सबै स्वयम्सेविकाको बीमा गराउने पनि बताउनुभयो । स्वास्थ्य बीमा नियमवलीमा ७० वर्ष पुगेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम गराउने योजना अनुसार सुदूरपश्चिम प्रदेशमा २० हजार जेष्ठ नागरिकको बीमा गराइएको छ ।


२० माघ २०७६, सोमवार १०:०१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु