ब्राउन सुगरसहित तीन जना पक्राउ

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले ब्राउन सुगर सहित ३ जना पक्राउ परेका गरेको छ । धनगढी उपमहानगरपालिका ४ मा चेकजाँचका क्रममा ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ का १९ बर्षीय बिराट रावल र अछाम मंगलसेन नगरपालिका १ जुपुका २१ वर्षीय राजेन्द्र रावल र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरिया बस्ने रोण्डा भन्ने फुलचन राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । उनले तीनै जना विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको बताए ।


१७ माघ २०७६, शुक्रवार १४:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु