कैलालीको टीकापुरमा आगलागीबाट एक बृद्धको मृत्यु

धनगढी :कैलालीको टीकापुरमा आगलागीबाट एक बृद्धको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीमा आगलागीबाट स्थानीय लालबहादुर भण्डारीको ज्यान गएको हो ।

सत्ती कर्णाली सामुदायिक वनसँग जोडिएको निजी खरबारीमा आफैले लगाएको आगो सल्किदा मंगलबार ७० वर्षीय भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।


७ फागुन २०७६, बुधवार १२:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु