वर्तमान सरकार जनभावना विरोधी : पूर्वमन्त्री बडु

अछाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले वर्तमान सरकार जनताको भावना विरोधी भएको आरोप लगाएका छन् ।
नेपाल प्रेस यूनियन अछामले बुधबार साफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बडुले वर्तमान सरकार सबै नेपालीको नभएर नेकपाको मात्र भएको आरोप लगाएका हुन् ।
उनले राज्यका संबैधानिक निकायहरु पनि सरकारको प्रभावमा परेर काम गरिरहेको दाबी गरे । अख्तियारको पछिल्लो कदमले यसको पुष्टि गर्ने भन्दै उनले भ्रष्टाचारीलाई कारवाही गर्ने विषयमा कांग्रेसको विमति नरहे पनि कानुनको विभेदपुर्ण प्रयोगको विषयमा भने कांग्रेसले विरोध गर्दै आएको बताए ।
न्यायालयले सहि र गलत छुट्याउला तर त्यहा पुर्याउने बाटो नै गलत भयो ललिता निवास प्रकरण बारे बोल्दै बडुले भने । सरकारले ल्याउन लागेका प्राय कानुन विधेयकहरु संबिधानको मर्म विपरित भएको उनको दाबी छ ।
नेता बडुले सुदूरपश्चिमको विकासका लागि सबै दल एक ठाउमा उभिनुपर्नेमा जोड दिए । पश्चिम सेती, अपर कर्णाली जस्ता आयोजना बनाउनका लागि सरकारलाई दबाब दिनु पर्नेमा उनले जोड दिए ।
७ फागुन २०७६, बुधवार १२:०५ बजे प्रकाशित