इन्सेक सुदुरपश्चिम प्रदेशद्वारा‘ नेपाल मानव अधिकार बर्ष पुस्तक २०२०’ सार्वजनिक

धनगढी: अनौपचारिक क्षेत्र सेवा केन्द्र सुदुर पश्चिमप्रदेश द्वारा धनगढीमा बुधवार ‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०२०’ पुस्तक सार्वजनिक गरेको छ ।

केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा बुधवार धनगढीमा पनि सार्वजनिक भएको हो। अनौपचारकि सेवा केन्द्रले नेपाल मानव अधिकार बर्ष पुस्तक प्रकाशन गर्न थालेको २८ बर्ष पुरा भएको छ ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०१९ मा सुदुर पश्चिम प्रदेशमा मानबअधिकार उल्लङ्घन घटनामा वृद्धि भएको पाईएको छ । सन् २०१८ मा मानबअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ सय ६४ जना पिडित भएका थिए ।

त्यसमध्ये मानव अधिकारका उल्लङ्घन घटनामा ७ जना महिला र ३७ जना पुरुष सहित ४४ जना पिडित भएका थिए भने ज्यादतीका घटनामा ४ सय ७७ महिला र ४३ पुरुष सहित ५ सय २० जना पिडित भएको सन् २०१९ मा ७ सय ९८ वटा घटना भएका छन ।

नागरिकको मर्यादा र सार्वभौम अधिकारप्रति सचेतना बढाउने अभिप्रायले नै मानव अधिकारसंग सम्बन्धित घट्ना र सूचना प्रकाशन गरिएको अनौपचारकि सेवा केन्द्रका सुदूरपश्चिम प्रदेशका संयोजक खडक राज जोशीले जानकारी दिए।

राज्यले पनि देशको अवस्था कस्तो छ भनेर त्यसबारे सोच्न जरुरी रहेको मानव अधिकार आयोग सुदूरपश्चिमका प्रमुख झंकर रावलले बताए । उनले त्यसबारे राज्यले गम्भीर भएर लाग्नुपर्ने समय आएको बताए ।

सो अवसरमा इन्सेक डडेधुराका प्रतिनिधी भूपेन्द्र बिष्टलाई समेत सम्मान गएिको छ । उनलाई सम्मान स्वरुप नगत सात हजार लगाएत प्रमाण पत्र प्रदान गरिएको छ ।


७ फागुन २०७६, बुधवार १२:३३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु