punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर रंगेहात पक्राउ

Chaupati
safha napa

बैतडी : बैतडीमा एक लाख रुपैयाँ घुससहित एकजना इन्जिनियर रंगेहात पक्राउ परेका छन्। जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर सुरेशराज भट्ट घुससहित बुधबार पक्राउ परेका हुन्।

बुधबार बिहानै उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। चमेलिया नदी नियन्त्रण तथा तटबन्ध आयोजना उपभोक्ता समितिबाट घुस माग्दै गरेको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरका सूचना अधिकारी तोपबहादुर बिष्टले जनाकारी दिए।

अख्तियारका प्रहरी निरीक्षक बिनोद श्रेष्ठ नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका भट्टलाई बुधबार नै कञ्चनपुर लगेर थप अनुसन्धान गरिने सूचना अधिकारी बिष्टले जानकारी दिए।


७ फागुन २०७६, बुधवार ०८:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु