कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या ५६० पुग्यो

चीनमा कोरोना भाइसबारे चेतावनी दिने एक चिकित्सकको मृत्यु भएको छ । चीनको वुहान प्रान्तको आपतकालीन उपचार केन्द्रमा कार्यरत चिकित्सक ली वेनलिङको भाइरसकै कारण मृत्यु भएको बताइएको छ ।

उनले सहकर्मीहरुलाई यसअघि नै भाइरसको प्रकोपको बारेमा बताउँदा अफवाह फैलाएको भन्दै प्रशासनले चेतावनीसमेत दिएको बताइएको छ ।

नेत्र रोग विशेषज्ञ लीले यसअघि २००३ मा फैलिएको सार्सजस्तै कोरोना भाइरसबाट महामारी फैलनसक्ने बताएका थिए ।

यता चीनको सरकारी निकायले भाइरसका कारण ५६० जनाको मृत्यु भएको जनाएको छ । भाइरसबाट २८ हजारभन्दा बढी प्रभावित भएको बीबीसीेले उल्लेख गरेको छ ।

यसैबीच चीनले प्रकोप नियन्त्रणका लागि अझै प्रतिबन्धात्मक उपायहरु अपनाइरहेको जनाएको छ ।

प्रशासनले विभिन्न सार्वजनिक समारोहमा सहभागी हुन प्रतिवन्ध लगाइएको छ भने सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पनि रोक लगाइएको छ ।


२४ माघ २०७६, शुक्रवार ०२:०८ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु