धनगढीमा एक महिला बेपत्ता

धनगढी : कैलालीमा एक महिला बेपत्ता भएकी छन ।जिल्लाको धनगढी उपमहानगरपालीका वडा नम्बर ६ बस्ने छेदुराम चौधरीकी श्रीमती ईन्द्रा चौधरी बेपत्ता भएकी छन ।

२७ बर्षिय ईन्द्रा चौधरी यही माघ १५ गतेका दिन कोठाबाटै बेपत्ता भएको उनका श्रीमान छेदुराम चौधरीले बताए ।

श्रीमती बेपत्ता भएपछि अहिले उनि ठुलो समस्यामा परेका छन । उनले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय कैलालीलाई समेत जानकारी गराएको बताए ।

अहिले श्रीमतीले छोडेर गएपछि दुई वटा छोराहरु समेत विचल्लीमा परेका छन । श्रीमती संग कुनै रिसिबि नभएकोले भेटाउनुहुने व्यक्तिले ९८००६००५८२ मा सम्पर्क गर्न आग्रह गरेका छन ।


२३ माघ २०७६, बिहीवार ०८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु