धनगढीका १८ विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम सुरु

धनगढी : धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायीक विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम सुरु हुने भएको छ ।

बुधवार नेपाल सरकार स्वास्थ्य सेवा बिभाग सामाजिक शुरक्षा माहाशाखा, धनगढी उप–महानगरपालिका र सम्वन्धीत विद्यालय बिच स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालनका लागि सम्झौता भएको छ ।

विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टले स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम अन्तरगत विद्यालयमा स्टाफनर्स भर्ना गरिने छ । स्टाफनर्सले विद्यालयमा प्रजनन् स्वास्थ्य तथा सरसफाईका बारेमा विद्यार्थीलाई सिकाउने छन् संयोजक भट्टले भनिन्, यसले महिनाबारी सरसफाईका बारेमा समेत छात्राहरुले थाहापाउने छन् ।

धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिकतहका विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालन गरिएको भएपनि बाँकीमा चाँडै कार्यक्रम थप गरिने जनाएको छ ।


२२ माघ २०७६, बुधवार ०८:३७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु