गरिमाबाट ठगिएका किसानद्धारा धनगढीमा प्रदर्शन

धनगढी : गरिमा धानको बीउँबाट ठगिएका किसानहले धनगढीमा प्रदर्शन गरेका छन्। कैलाली कञ्चनपुरमा ठुलो नोक्सान गरेको भए पनि किसानहरुले अझै क्षतीपूर्ति नपाएको भन्दै धनगढीमा प्रदर्शन गरेका छन्।

बुधवार प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदर्शन गरेका हुन । गरिमा धानको बीउँका कारण कैलाली र कञ्चनपुरमा मात्रै झण्डै ६ करोडको क्षती भएपनि अहिले सम्म किसानहरुले राहत र क्षतीपुर्ती नपाएको भन्दै किसानहरुले धनगढीमा प्रदर्शन गर्नुपरेको बताएका हुन ।

कैलाली र कञ्चनपुरमा एक हजार सात सय ३० जना किसानले लगाएको गरिमा धानको बीउँले उत्पादन नदिएपछि झण्डै ६ करोडको क्षति भएको थियो। तर प्रदेश सरकार भने क्षतीपूतिको लागी मौन बसेको आरोप लगाएका छन ।


२२ माघ २०७६, बुधवार ०९:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु