बौनिया जेसिजको अध्यक्षमा शाही

धनगढी :कैलालीको बर्दगोरिया गाउँपालिकाको बौनिया जेसिजको अध्यक्षमा केशव शाही चयन भएका छन्।मंगलबार सम्पन्न बौनिया जेसिजको नवौँ शाखा अधिवेशनबाट वर्ष २०२० को अध्यक्षमा शाही सर्वसम्मत चयन भएका हुन्।

वर्ष २०१९ का कार्यकारणी उपाध्यक्ष शाही सामाजिक सेवा लगायत विभिन्न संघसंस्थामा आवद्ध छन्। जेसिजको विधान अनुसार अध्यक्ष सहित दुईजना कार्यकारणी उपाध्यक्ष, चार जना उपाध्यक्ष र एक जना जनसम्पर्क अधिकारी निर्वाचन प्रक्रियावाट निर्वाचित हुनुपर्ने भएकाले सोही अनुसार साधारण सभाबाट सबै पदमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ।


१५ माघ २०७६, बुधवार ०९:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु