punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा पाँचौ पटक हिमपात

Chaupati
safha napa

डोटी : मंगलवारदेखिको मौसममा आएको परिवर्तनका कारण सुदूरपश्मिका पहाडी तथा हिमाली जिल्लामा पाँचौ पटक हिमपात सुरु भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकिय स्थल खप्तडमा मात्रै कम्तिमा पनि दुइफिट जती हिउँ परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

यहि माघ २ गते परेको हिउ पग्लीन नपाउदै फेरी हिमपात भएपछि जनजिवन प्रभाबित बनेको हो । यहाँका बझाङ, बाजुरा तथा अछाम जिल्लाका उच्च लेकाली क्षेत्रमा मंगलवार रातीदेखि फेरी हिमपात सुरु भएको हो । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ ।

डोटीकोे खप्तड स्थित झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भइ चिसो बढेकाले गाईवस्तु चराउन समस्या भएको खप्तडसंग सिमाना जोडिएको पुर्वीचौकी पालिकाका स्थानीय धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “ पहिले परेको हिउ पग्लीन नपाउदै फेरी हिमपात भएको छ, निकै समस्या भएकोले बस्तुभाउ गोठ बाहिर निकाल्न समस्या भएको छ ।”

हिमपताले हिउँदमा लगाएको अन्न बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै खुसि भएका यहाँका लेकाली क्षेत्रका स्थानीय भने अहिले पाँचौ पटक हिउँपर्दा पानीले गहुँ लगायतका बाली कुहिने तथा बिग्रीने भन्दै दुखिद भएका छन् । यहाँका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ ।

हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको पर्पटन व्यवसायि तथा डोटी उद्योग बाणिज्य संघका महासचिब दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।


१५ माघ २०७६, बुधवार ०९:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु