रेडियो, एफ.एम. र टेलिभिजन सम्बन्धी विधेयकमा काँग्रेसको संशोधन प्रस्ताव
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ माथि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको छ ।
प्रदेश सरकारले मिडिया माथि अङ्कुश लगाउने उद्देश्यले विधेयक ल्याएको भन्दै काँग्रेसले संशोधन प्रस्ताव दर्ता गराएको हो ।
नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले बुधवार प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावलाई काँग्रेसकै अर्का सांसद श्याम लाल राना थारुले समर्थन गरेका छन् ।
काँग्रेसले ७ वटा बुदामा संशोधन गर्न माग गरेको छ ।विधेयकमा रहेको प्रदेश मिडिया बोर्ड, मिडिया बोर्डको काम कर्तव्य र अधिकार, उत्पादन तथा प्रसारण, कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने व्यक्ति तथा संस्थाले पालना गर्नुपर्ने सर्त, प्रसारण गर्न नपाइने विषय, सजाय र अधिकार प्रत्यायोजन सम्बन्धी दफाहरूमा काग्रेसले संशोधन दर्ता गराएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
१५ माघ २०७६, बुधवार ११:५६ बजे प्रकाशित