punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना भाइरसबारे कसरी लिने जानकारी?

Chaupati
safha napa

अहिले नोभेल कोरोना भाइरसबारे जताततै चर्चा चुलिएको छ। नोभेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो। जुन चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो।

चीनबाट फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई त्रसित बनाएको छ। यसबारे आममानिसमा विभिन्न किसिमका प्रश्नहरू समेत उब्जिएका छन्ः कोरोना भाइरस कस्तो भाइरस होरु यसबाट कसरी बच्ने र कोरोना भाइरसको हालको स्थिति कस्तो छ आदि।

कोरोना भाइरसका बारेमा नेपालमा पर्ने असर, यसबारे आम मानिसलाई कसरी सुसूचित गर्ने लगायतका विषयमा छलफल गर्न आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसख्यामन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री लगायतको बैठक बसेको थियो।

चीनको कोरोना भाइरस संक्रमित क्षेत्रमा रहेका नेपाली नागरिक एवं विद्यार्थीहरूले यस्ता विषयबारे बुझ्न चाहे चीनस्थित नजिकमा रहेको नेपालको कूटनीतिक नियोगमा सम्पर्क राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।


१५ माघ २०७६, बुधवार ०५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु