punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिवमाया तुङ्बाहाम्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

Chaupati
safha napa

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको प्रचार विभागका उपप्रमुख सूर्यथापाले जानकारी दिएका छन्।

तुम्बाहाङ्फेले उपसभामुख निर्वाचित भएपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्। पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू हुन लागेको केन्द्रीय समिति बैठकमा उनी सहभागी हुनेछिन्।एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक व्यवस्थाअनुसार उनले उपसभामुख पद छोड्नु परेको थियो।

पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन्। एकीकरण भएर नेकपा बन्नु अघि उनी एमालेकी केन्द्रीय सदस्य थिइन्।


१५ माघ २०७६, बुधवार ०५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु