punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको ब्रह्मदेवमा बहुसांस्कृतिक संग्रहालय निर्माण हुँदै

Chaupati
safha napa

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ९ को ब्रह्मदेव बजारमा बहुसांस्कृतिक संग्रहालय स्थापना गर्न लागिएको छ। आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चार करोड रुपैयाँ लागतमा संग्रहालय भवन निर्माणको काम थालिएको हो।

संग्रहालय भवनमा सुदूरपश्चिम प्रदेशका डोटेली र रानाथारु समुदायका संस्कृतिसँग सम्बन्धित सामग्रीहरुका राखिने वडाध्यक्ष राम नाथले जानकारी दिए।

‘लोप हुँदै गएका पहिरन, गहना, कला संस्कृति र रहनसहन, रीतिरिवाजलाई झल्काउने खालका सामग्रीहरु राखिनेछ,’ उनले भने, ‘पर्यटकलाई आवश्यक अन्य सुविधासमेत संग्रहालय भवनबाट प्रदान गरिनेछ।’

संग्रहालय भवन आधुनिक शैलीमा निर्माण गरिने वडाध्यक्ष नाथले जानकारी दिए। कञ्‍चनपुरको ब्रह्मदेव क्षेत्र भारतीय पर्यटकका लागि आकर्षक धार्मिक गन्तव्य रहीआएको छ। यहाँ अवस्थित सिद्धबाबा दर्शनका लागि बर्षेनी हजारौं भारतीय दर्शनार्थी ब्रह्मदेव क्षेत्रमा आउने गर्छन्‌।


१५ माघ २०७६, बुधवार ०५:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु