कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाइदियो

कालिकोट : सुन्दा अच्चम्म लाग्दो तर वास्तविक दुखद् घटना कालिकोटमा घटेको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. ३ साँगाटिया गाउँमा एक शिशुको घरमै पालेको कुकुरले टोकेर गुप्ताङ्ग नै क्षतविच्छेद पारिदिएको छ ।
घरमा कोही नभएको बेला कुकुरले ३ महिनाका शिशुको गुप्ताङ्ग खाइदिएको परिवारका सदस्यले बताएका छन् । वुवा हर्ष दर्जीले कुकुरले हिजो घरमा सुतिरहेको अवस्थामा छोरोको गुप्ताङ्गलगायतका शरीरका अन्य ठाउँहरूमा पनि टोकेको छ ।
शिशुको अवस्था अहिले गम्भीर छ । औषधोपचार गर्ने अवस्था नभएको भन्दै अभिभावकले सहयोगको लागि अनुरोध पनि गरेका छन् ।
बालकका बुवा हर्षले भन्नुभयो, ‘ अव के गर्ने,कसो गर्ने भन्ने नै कुनै उपाय निस्केको छैन । कसरी उपचार गर्ने ?’ घरपरिवारका सदस्य कामका लागि बाहिर गएको बेलामा कुकुरले बालकको गुप्ताङ्गलगायतका शरीरका बिभिन्न भागका टोकेर गम्भीर घाइते बनाएको परिवारजनले बताएका छन् । साभार : सिआइएन खबर
१४ माघ २०७६, मंगलवार १२:१९ बजे प्रकाशित