punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विद्यार्थी मृत्यु प्रकरणमा शिक्षकलाई १० वर्ष कैद

Chaupati
safha napa

कञ्चनपुर : भीमदत्त नगरपालिका–१७ मा रहेको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा एक शिक्षकलाई १० वर्ष कैद सजाय सुनाएको छ।

सोमबार जिल्ला अदालत कञ्चनपुरका न्यायधीश गोपालप्रसाद बास्तोलाको एकल इजलासले सोही विद्यालयका शिक्षक लक्ष्मणदत्त भट्टलाई १० वर्षको कैद सजाय सुनाएका हुन्।

सोही प्रकरणमा चारजनाले अदालतबाट सफाइ पाएका छन्। सफाइ पाउनेमा विद्यालयकी प्रध्यानाअध्यापक यशोदा जोशी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, शिक्षक दुर्गादत्त पाठक र हर्कबहादुर जाग्री रहेको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए। गत असारमा शिक्षकको कुटाइबाट घाइते भएका कक्षा ९ का विद्यार्थी कलौनीको उपचारका क्रममा मृत्यु भएको थियो।


१४ माघ २०७६, मंगलवार ०३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु