punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाकोे विकास सम्मेलन फागुन १८ गते

Chaupati
safha napa

धनगढी : धनगढी उपमहानगरपालिकाले विकास सम्मेलन आयोजन गर्ने भएको छ । धनगढीको सर्वा्िगण र योजनाबद्ध विकासको लागि उपमहानगरपालिकाले विकास सम्मेलन आयोजना गर्न लागेको हो ।

सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थीक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य प्रोजेक्ट बैकंहरु प्रस्तुत हुने नगर प्रमुख नृप बहादुर वडले जानकारी दिए ।यस्तै विकास सम्मेलनमा नगरबासीहरुले भोग्नु परेका दैनिक समस्याहरुलाई सम्बोधन गर्नका लागि धनगढी शहरलाई बस्न योग्य दिगो शहरको रुपमा रुपान्तरण गर्न एउटा मेगा प्रोजेक्ट प्रस्तुत गरीने छ ।

नगरको विकासका लागि नागरीक संग विकासका परियोजनाका लागि खुल्ला आह्वान गरि उत्कृष्ट ३ जनालाई पुरस्कृत गरि पहिलो हुनेलाई आफ्नो परियोजना प्रस्तुत गर्न सम्मेलनमा अवसर दिईने जनाएको छ ।सम्मेलन फागुन १८ गते ओम प्यालेस धनगढीमा हुने छ ।


१३ माघ २०७६, सोमवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु