प्रतिनिधि सभाकाे सभामुखमा अग्निप्रसाद सापकाेटा निर्विराेध निर्वाचित

काठमाण्डौ : प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख बनाउन आइतबार संसद बैठकमा प्रस्ताव गरेका थिए।उक्त प्रस्तावलाई नेकपाका देवप्रसाद गुरूङ, ओनसरी घर्ती र राजपाका लक्ष्मणलाल कर्णले समर्थन गरेका हुन्।


१२ माघ २०७६, आइतवार १०:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु