punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुपका एक्ला प्रतिस्पर्धी कमल सोवलाई भोट दिन अपिल

Chaupati
safha napa

धनगढी, ११ माघ।
नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी कमल सोवलाई भोट दिन अपिल गरिएको छ । धनगढीमा कमल सोव जिताउ अभियानको सुरुवात गर्दै भोट दिन अपिल गरिएको हो ।

शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा कमलका बुवा नरवहादुरले भोटिङकै आधारमा कमलको नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन अपिल गर्नुभयोे। सोवलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर एन.आई. शून्य एक लेखेर ३७०० मा पठाउनपर्ने छ ।

भोट शुक्रबार राति साढे ८ बजेदेखि आउँदो सोमबार मध्यान्ह १२ बजेसम्म गर्न सकिनेछ । विहीबार प्रसारण भएको नेपाल आईडलको गाला राउण्डमा पनि सोवको आवाजको निर्णायकहरुले प्रशंसा गर्दै आवाज राम्रो भएको भन्दै शुभकामना दिएका थिए। नियमित निर्णायकद्धय कालिप्रसाद वास्कोटा र ईन्दिरा जैसीले आवाज मिठो भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिनुभएको थियो भने अर्का निर्णायक न्यु बज्राचार्यले पनि राम्रो प्रस्तुती दिएको भन्नुभएको थियो।

अतिथि निर्णायक जेम्स प्रधानले पनि आवाजको गुणस्तर राम्रो भएको प्रतिक्रिया दिनुभएको थियो। कमलले दीप श्रेष्ठको मेरो आँखामा हरदिन वादल छाईरह्यो भन्ने गीत प्रस्त्ुत गरेका थिए।

कमल सोव जिताउ अभियानका अगुवा विजय कार्कीले सुदूरपश्चिमबाट आइडलमा सोव एक्ला प्रतिस्पर्धी भएकाले सबैलाई भोट दिएर साथ दिन आग्रह गर्नुभयो। धनगढीका सोव नेपाल आइडलको उत्कृष्ट १२ मा पुगिसको छन्। नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरुलाई प्रभावित गर्दै उत्कृष्ट १२ सम्म पुगेका हुन्। अव उनको आईडल यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ ।

अव उनी सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडलमा प्रतिनिधित्व गर्ने एक्ला प्रतिस्पर्धी हुन्। ५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका सोव त्यसपछिको अध्ययनलाई अगाडी बढाउन धनगढी प्रवेश गरेका थिए। माध्यमिक शिक्षासम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका सोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए।

संगीतकार कुलदिप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए । नेपाल आईडलमा सुदुरपश्चिमबाट सन्ध्या जोशी पहिलो सिजनमा उत्कष्ट ९ भित्र परेकी थिईन् भने दोस्रो सिजनमा सुदुरपश्चिमका रवि ओड विजेता बनेका थिए ।


११ माघ २०७६, शनिवार ०६:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु