न्यु सुपर चमत्कारीक निक्षेप योजनाका साथ एन आई सी एशिया बैंक
२० पुष ,धनगढी
एनआईसी एशिया बैंकले निक्षेप योजनामा आफ्ना ग्राहकहरुका लागि थप फाइदाहरु सहितको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। बुधबार धनगढीमा प्रदेश कार्यालयले पत्रकार सम्मेलन गरि नया योजनाहरुको बारेमा जानकारी दिएको हो ।
बैँकले गत मंसिर २४ गतेबाट निक्षेप लगायतका नयाँ योजनाहरु सार्वजनिक गरेको हो। सन २०२० को अवसरमा आफ्ना ग्राहकहरुलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारी फाइदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरु सहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो।
एनआईसी एशिया बैँकमा सिल्भर, गोल्ड र डायमण्ड गरि तिन प्रकारका खाताका ग्राहकहरुले फरक–फरक सेवा पाउनेछन्। यस योजनाहरुमा खाता खोल्ने ग्राहकहरुले २१ लाख सम्मको बीमाको सुविधा समेत प्राप्त गर्ने छ्न । यो सुविधा अन्तरगत दुर्घटना तथा १८ घातक रोगहरुको बीमामा १० लाख, एक लाख सम्मको औषधि उपचार, अस्पतालको ओपीडी सेवामा २० हजार र अस्पताल भर्नामा ८० हजार सम्मको बीमाको सुबिधा बैँकले ल्याएको छ।
बैँकका सुदूरपश्चिम निक्षेप प्रमुख खेमराज भट्टले बताए। उनका अनुसार बैँकले पुराना योजनाहरुलाई सुधार गर्दै नयाँ योजनाहरु सार्वजनिक गरेको हो। एनआईसी एशिया बैँकमा अहिले तीन सय १३ शाखा कार्यालय, चार सय ८ एटिएम, एक सय ३ एक्स्टेन्सन काउण्टर, ४५ शाखा रहित बैकिङ्ग सेवा रहेका छन्। हाल सम्म बैंकमा करिब २० लाख ग्राहाकहरु रहेको बैँकले जनाएको छ।
२३ पुस २०७६, बुधवार १३:३८ बजे प्रकाशित