सुदुरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजिनामा

धनगढी, २४ कार्तिक
कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योती बहुमुखी क्याम्पसको करोडौं मूल्यको सेयर किनबेचमा ठगी र कागज कीर्ते आरोप लागेपछि सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले आइतबार आफ्नो पदबाट राजिनामा दिएका छन् ।

नेकपा स्रोतका अनुसार ठगी र कागज कीर्ते आरोप लागेपछि राज्यमन्त्री रावललाई पार्टीभित्रैबाट पदबाट राजिनामा दिन निेर्देशन आएको थियो । करिब हप्तासम्म पार्टीभित्र चलेको छलफल र आएको निर्देशन अनुसार उनले राजिनामा दिएका हुन् । एक प्रेस विज्ञप्ती समेत जारीका उनले नैतिकताको आधारमा राजिनामा दिएको बताएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजिना पत्रमा बुझाएका थिए ।

उनले जारी प्रेस विज्ञप्ति अनुसार आफुमाथि निराधार र कपोलकल्पिक आरोप लगाइएको बताएका छन् । प्रहरीको अनुसन्धानमा सहयोग पु¥याउनलाई इमान्दारिता पूर्वक राजिनामा दिएको उनको भनाइ छ ।

जारी विज्ञप्तिमा भनिएको छ–‘क्याम्पसको शेयर विक्रीमा मेरो कुनै संलग्नता नरहेको विषयमा झुठा उजुरी दिंदा प्रहरीको अनुसन्धानमा म उपर कही कतै आरोप नहुँदा नहुँदै पनि जवरजस्ती मुद्दा सृजना गर्ने प्रयास केही व्यक्तिहरुले गरेका छन् । परिश्रम गरी राजनीति र व्यवसायलाई स्वच्छ एवम् पारदर्शी बनाउनु पर्छ, तथा देश र जनताको सेवा गर्नका लागि जनताको विश्वास जित्नुपर्छ भन्ने मेरो मान्याता छ । त्यही मान्यतामा उभिदै ममाथि लगाउन खोजिएका आरोप तथा लाल्छनाको निश्पक्ष र तथ्ययुक्त छानविन होस् र त्यस्तो पुर्वाग्रहरी वस्तुपरक छानविनमा मेरो पुर्ण सहयोग रहने छ ।’

२०७५ असोज २३ गते प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका उनले अब आफ्नो निर्वाचनको विकासको काममा मात्रै केन्द्रीत हुने प्रतिक्रिया दिएका छन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

राज्यमन्त्री रावलको राजिनामा संगै भावी राज्यमन्त्री को बन्नेवारे बहस सुरु भएको छ । तर अझैसम्म औपचारिक छलफल हुन नसकेको नेकपा उच्च स्रोतले बतायो ।


२४ कात्तिक २०७६, आइतवार १२:५६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु