भन्सार छली गरी ल्याएको मिठाई सहित दुई जना पक्राउ
धनगढी ४ कार्तिक
भारतबाट भन्सार छली साईकलमा ल्याई रहेको मिठाई बरामद भएको छ । प्रहरीले साइकलमा सवार रहेका धनगढी उपमहानगर पालिका वार्ड न. १ बस्ने बर्ष ३३ को हेमन्त नेपालीलाई साइकलमा मिठाईहरु सहित पक्राउ गरेको थियो ।
उनलाइ सोधपुछ गर्दा धनगढी उपमहानगरपालिका वार्ड न . ८ डेरा गरी बस्ने रमेश बहादुर धामीले मगाएको बताएका थिए । उनले बताएको सो स्थानमा प्रहरी टोलीले खान तलासी गर्दा २ कोठे कच्ची घर भित्र १७५ पेटी सोनपापडी, ८ पेटी पेडा ,४५ पेटी मिलककेक र मिठाई प्याक गर्ने कागज सहित बरामद गरेको छ ।
बरामद गरिएका सो मिठाईमा उत्पादन मिति र अन्तिम मिति समेत उल्लेख गरिएको छैन । थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयले बरामद गरेका मिठाई र पक्राउ गरेका व्यक्ति दुबैलाइ भन्सार कार्यालय कैलाली पठाउने जानकारी दिएको छ ।
४ कात्तिक २०७६, सोमवार ११:५३ बजे प्रकाशित