गजल

नाशवान शरिरको मात्र केहि प्रहर छ
अमर छ पुरुष सधैं उसैको असर छ

एक्लै जङ्गल छिर्दा चाल पाउछ तपस्वि
योगिभित्र योगासनहरुको ठुलो शहर छ

परमात्मा पाउँन पाउले कष्ट बेहोर्नै पर्छ
बुझ्दैनन पैतालाहरु नदि छ र त बगर छ

ब्रह्माण्डको दियो जलाउने ईश्वरलाइ पनि
आफ्नो पुजा आराधना गर्ने भक्तको भर छ

काली,शर्वरी


२८ असोज २०७६, मंगलवार १५:२१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु