चिनियाँ राष्ट्रपति सि जिनफिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता
काठमाडौँ २६ साउन । नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिनफिङ २ दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
स्वदेश फर्कने क्रममा सीलाई आफ्ना समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर विदाइ गरेकी थिइन् ।
राष्ट्रपति सीलाई विदाई गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रप्लगायत उच्चपदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।
नेपाल भ्रमणको क्रममा राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग वान अन वान वार्ता समेत गरे ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ ले नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान गर्न सकिने तथा सांस्कृतिक आदानप्रदान गरिने जानकारी पनि दिनुभएको थियो ।
धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न सक्ने बताउनुभयो ।
उहाँले नेपाललाई अन्तरराष्ट्रिय व्यापार एक्सपोमा सहभागी हुन आग्रह गर्दैै चीनका व्यापारीलाई नेपालमा ठूला र गुणस्तरीय लगानी गर्न अभिप्रेरित गरिरहेको बताउनुभयो ।
उहाँले संरक्षणवादको विपक्षमा मिलेर काम गर्न सकिने बताउँदै एशियाली आधारभूत संरचना लगानी बैँकबाट सहयोग लिन सकिने धारणा व्यक्त गर्नुभएको थियो ।
नेपालमा कम्युनिष्ट पार्टीले शासन सम्हालेपछि गरेको विकासका लागि हार्दिक बधाई व्यक्त गर्दै चीनले शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्तका आधारमा सम्बन्ध स्थापना गरेको र सबैका लागि सबैसँग मिलेर सम्बन्ध बलियो बनाउने प्रयास गरेको बताउनुभयो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङ आफ्ना समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार अपरान्ह नेपाल आएका थिए ।
२६ असोज २०७६, आइतवार ०९:३५ बजे प्रकाशित