स्थापना दिवसको अवसरमा प्रभातफेरी

धनगढी,
सनराइज बैंकले आफ्नो १२ औं स्थापना दिवसको अवसर पारेर शनिबार धनगढीमा प्रभातफेरि गरेको छ । 
    धनगढी शाखाको आयोजनामा ट्राफिक चौराहादेखि एलएन चौकसम्म प्रभातफेरि गरेको थियो । कार्यक्रममा बैंंकका विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको अवसरमा सो बैंकले असोज महिनाभरि विविध कार्यक्रम गरेर स्थापना दिवस मनाएको छ ।
 
  स्थापना दिवसका अवसरमा विभिन्न शाखाहरुबाट निःशुल्क स्वास्थ्य शिविर, वित्तीय साक्षरता, मठ मन्दिर सरसफाइ, डेङ्गुबाट बच्ने उपायबारे सचेतनामूलक कार्यक्रम,बिद्यार्थीहरुलाइ छात्रवृत्ति तथा पोशाक वितरण लगायतको कार्यक्रम गरेका थिए । 
 सुदूरपश्चिम प्रदेशमा बैंकका ११ शाखा रहेका छ्न । स्थापना दिवसका अवसरमा 11वटै शाखाले सामाजिक उत्तरदायित्व अनुरुप विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइएको बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र शाहीले जनाए ।


२५ असोज २०७६, शनिवार १६:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु