दिनेश एफएममा कार्यरत थप एकजनामा कोरोना पुष्टि

धनगढीस्थित दिनेश एफएममा कार्यरत थप एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा २५ वर्षीय पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको एफएम व्यवस्थापनले जनाएको छ।

बिहिवार एफएममै कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि थप ११ जना कर्मचारीको कोरोना परीक्षण थियो । जसमध्ये एक जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिएको एफएम व्यवस्थापनले जनाएको छ ।


१० असोज २०७७, शनिवार १८:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु