थप १२०७ जनामा कोरोना संक्रमण, कति पुग्यो कुल संक्रमितको संख्या ?

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार दुई सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्। हाल देशभर १८ हजार ३४१ जना सक्रिय संक्रमित छन् । यीमध्ये ७ हजार ८३३ संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

होम आइसोलेसनमा भने १० हजार ५ सय ८ जना छन्। पछिल्लो २४ घण्टामा १ हजार ४४७ निको भएका छन्। योसँगै ५३ हजार १३ जना निको भएर घर फर्किएका छन् ।


१० असोज २०७७, शनिवार १६:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु