प्रधानमन्त्री ओलीकी निजी चिकित्सकलाई कोरोना संक्रमण

प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको हो।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले त्रिवि शिक्षण अस्पतालकै ल्याबमा पिसिआर परीक्षण गराएकी थिइन्। जसमा उनको रिपोर्ट पोजेटिभ आएको थियो।

शाहले जुम्लामा अनसनका क्रममा बिरामी परेपछि ट्रमा सेन्टर हुँदै त्रिवि शिक्षण अस्पताल लगिएका डाक्टर गोविन्द केसीलाई भने तीन दिनअघि भेटेकी थिइन्।


१० असोज २०७७, शनिवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु