भारतमा कोरोना महामारी : एकैदिन यति धेरैको मृत्युु

कोरोना भाइरसको महामारीको धेरै धेरै चपेटामा परेको देश भारत पनि हो ।

भारतमा कोरोना भाइरसका कारण ९३ हजार ४१० जनाको मृत्यु भएको छ भने ५९ लाख १ हजार ५७१ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ४८ लाख ४६ हजार १६८ जना संक्रमण मुक्त भएका छन् भने ९ लाख ६१ हजार ९९३ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा शुक्रवार मात्रै ८५ हजार ४६८ जना नयाँ संक्रमित थपिएका छन् भने १ हजार ९३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म ९ लाख ९३ हजार ४१३ जनाको मृत्यु भएको छ भने ३ करोड २७ लाख ५८ हजार ३४० जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ४१ लाख ७१ हजार ८७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६३ हजार ७८८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

 


१० असोज २०७७, शनिवार ०८:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु