कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु
धादिङमा कोरोना संक्रमणबाट एक सुत्केरीको मृत्यु भएको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–२ की ३१ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
धादिङ स्वास्थ्य कार्यालयका अनुसार उनलाई व्यथा लागेपछि प्रशुती गृह पठाइएकोमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
यससँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि पनि धादिङमा कोरोना संक्रमणबाट दुई जना पुरुषको मृत्यु भएको थियो ।
९ असोज २०७७, शुक्रवार १५:१९ बजे प्रकाशित













