धनगढी प्रयोगशालामा थप सात जनामा कोरोना पुष्टि
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रयोगशालामा कैलालीका पाँच सहित थप सात जनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार धनगढी उपमहानगरपालिकाका तीन जना, गोदावरी र टीकापुरका एक÷एक जना गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा तीन सय २७ जनाको कोरोना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ३, ६ र १० का एक÷एक जना, गोदावरी नगरपालिका वडा नम्बर ११, टीकापुर नगरपालिका वडा नम्बर १ का पनि एक÷एक जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ९ का १ जना र दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ का एक जनामा कोरोना पोजेटिभ देखिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
९ असोज २०७७, शुक्रवार १५:०५ बजे प्रकाशित













