प्रधानमन्त्री निजी भ्रमणमा जानुभएको हो : प्रधानमन्त्री कार्यालय
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणमा पोखरा गएका प्रधानमन्त्री कार्यालयले जनाएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालयले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमणमा गएको जानकारी दिएका हुन्।
सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ’।
प्रधानमन्त्री शाह शुक्रबार काठमाडौंबाट सडकमार्ग हुँदै पोखराको लागि निस्किएका छन्। त्यहाँबाट उनी मुस्ताङ जाने बताइएको छ।
५ भदौ २०८३, शुक्रवार १४:२२ बजे प्रकाशित














