मोहनामा नदीमा बेपत्ता भए पुनर्वासका अजय

कंचनपुर। कञ्चनपुरको पुनर्वास स्थीत मोहना नदीमा नुहाउने क्रममा एक किशोर बगेर बेपत्ता भएका छन्। शुक्रवार साँझ पुनर्वास नगरपालिका ११ स्थित मोहना नदीमा नुहाउन पुगेका सोही ठाउँका स्थानीय १५ वर्षीय अजय चन्द नदीमा बगेर बेपत्ता भएका हुन । चन्द साथी सँगै नुहाउन गएका थिए । बुधवारदेखि अविरल वर्षाका कारण पानीको बहाव अत्यधिक हुँदा चन्द नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता चन्दको खोजी कार्य भइरहेको छ । नेपाल प्रहरी सशस्त्र प्रहरी सँगै स्थानीयहरूले खोजी गरिरहेका छन् ।


२१ असार २०८३, आइतवार ११:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु