कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा निकाल्ने तयारी

काठमाडौं। कक्षा १२ को परीक्षा आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ सुरु हुँदैछ।
४ लाख १८ हजार ८ परीक्षार्थीले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा दिनेछन्।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ।
१४ वैशाख, काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ ।
आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर एकसाथ परीक्षा सुरु हुन लागेको हो । परीक्षा सुरु हुनुभन्दा कम्तिमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा पुग्न बोर्डले सबै परीक्षार्थीहरुलाई अनुरोध गरेको छ ।
१४ वैशाख २०८३, सोमवार १०:१९ बजे प्रकाशित













