punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Chaupati
safha napa

काठमाडौ।काठमाडौँमा मंगलबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ रुपैयाँले बढेर २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ। यसअघि सुन प्रतितोला २ लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार १७० रुपैयाँ कायम गरिएको छ। चाँदीको मूल्य पनि बढेको छ, जहाँ प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार ८२० रुपैयाँ पुगेको छ।

साथै, १० ग्राम चाँदीको मूल्य ४ हजार १३२ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


२४ चैत २०८२, मंगलवार ११:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु