आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।
मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।
यसअघि आइतबार मन्त्रिपरिषद्‌को बैठक बसेको थियो । उक्त बैठकले कांग्रेस र एमाले गठबन्धन सरकार हुँदा नियुक्त भएका ६ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

आइतबार निर्णय भएपछि परराष्ट्र मन्त्रालयले सोमबार नै उनीहरूलाई पत्र पठाएर १ महिनाभित्र फिर्ता हुन निर्देशन दिइसकेको छ ।


२४ चैत २०८२, मंगलवार ११:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु