सेती सहित तीन अस्पतालमा पदाधिकारी नियुक्त
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालसहित तीन अस्पतालमा अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ। हिजो मन्त्रीस्तरीय निर्णयबाट सेती प्रादेशिक अस्पताल, लम्कीचुहा अस्पताल र जोगबुढा अस्पतालमा पदाधिकारी नियुक्त गरिएको हो।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट नियुक्त भएका छन्। सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन्। अन्य तीन सदस्य पछि नियुक्त गरिने जनाइएको छ।
लम्कीचुहा प्रादेशिक अस्पतालमा अध्यक्षसहित पाँच जना नियुक्त भएका छन्। रामबहादुर विष्ट अध्यक्ष नियुक्त हुँदा सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन्।
जोगबुढा अस्पतालको अध्यक्षमा कैलपाल धामी नियुक्त भएका छन्। सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त भएका छन्।
३ चैत २०८२, मंगलवार ११:२२ बजे प्रकाशित













