सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा चार सय र चाँदी ७० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ निर्धारण भएको छ ।

हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार २६५ निर्धारण भएको थियो । गत आइतवार एक तोला सुन तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


३ चैत २०८२, मंगलवार ११:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु