सुदूरपश्चिमसहित यी पाँच प्रदेशमा भारी वर्षा हुने
काठमाडौं, भदौ ५ । अहिले प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त स्थान आसपास भएर बहने साना(ठूला नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू(क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
५ भदौ २०७७, शुक्रवार ०१:२९ बजे प्रकाशित































