Hotel Flora Long Ad

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत

धनगढी, भदौ ४ । सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ ।

विहीबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले नौंवटै जिल्लामा बाढी, पहिलो तथा डुबान जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका नजिकका हकवालालाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो । राहत रकम सम्बन्धी जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रदान गरिनेछ ।

यस्तै बैठकले प्रदेश विपद् कोषमा एक करोड रकम उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोषबाट दोहोरो नपर्ने गरी सो रकम विपदका कारण जनधनको क्षति व्यहोरेका परिवारलाई राहत सामाग्री र बसोबास व्यवस्थापनमा खर्च गरिनेछ ।

मन्त्रालयहरुले विषयगत कार्यालय मार्फत विपदका घटनाबाट भएको भौतिक क्षतिको विवरण फरक नपर्ने गरी तत्काल उपब्ध गराउने, भौतिक पूर्वाधार मन्त्रालयले बाढी प्रभावित जिल्लामा अवरुद्ध सडक, खानेपानी, सिचाई कुलो लगायतका संचरना सूचारु गर्न शिघ्र काम थाल्नुपर्ने र सामाजिक विकास मन्त्रालयले तत्काल औषधी र चिकित्सक व्यवस्थाप गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ ।

बैठकले विपदमा परेर घाइते भएकाहरुको उपचारको व्यवस्था पनि प्रदेश सरकारले गर्ने निर्णय गरिएको छ । साथै विपदमा परी ज्यान गुमाउनेहरुलाई श्रद्धाञ्जलीसमेत दिइएको छ ।

४ भदौ २०७७, बिहीवार १३:५६ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु